जेष्ठ ८ । इंग्लिस क्लब लिभरपुलका खेलाडीले बुधबारदेखि प्रशिक्षण थालेका छन्।
कोरोना भाईरसको महामारीपछि सबै प्रतियोगिता स्थगित भएपछि खेलबाट निस्क्रिय भएका खेलाडीहरू बुधबारदेखि प्रशिक्षणमा फर्किएका हुन्।
लिभरपुलले मिलउड ट्रेनिङ सेन्टरमा प्रशिक्षण थालेको हो। प्रिमियर लिगले मंगलबारबाट क्लबलाई सानो समूह बनाएर प्रशिक्षणका लागि अनुमति दिएसँगै खेलाडीहरुले प्रशिक्षण सुरू गरेका हुन्।
प्रिमियर लिगका २० क्लबले यस सिजन ९२ खेल खेल्न बाँकी रहँदा लिभरपुल उपाधि नजिक छ। लिभरपुलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा २५ अंकले बढी छ। एजेन्सी
Facebook Comments


























