जेष्ठ ७ । सिंगापुरमा जूम भिडियो कल मार्फत सुनुवाई गरी एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागुऔषध तस्करीमा दोषी देखिएका व्यक्तिलाई सिंगापुरको अदालतले भिडियो कल मार्फत फासीको सजाय दिएको हो।
कोरोना भाइरसको महामारीका कारण भिडियो कल मार्फत नै मृत्युदण्डको सजाय सुनाइएको हो।
मलेसियाका ३७ वर्षका पुनिथान जेनासानलाई सन् २०११ को हिरोइन तस्करीको घटनामा दोषी ठहर गरिएको हो। उनलाई शुक्रबार भिडियो कल मार्फत सजाय सुनाइएको हो।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन लागु रहेको अवस्थामा सुरक्षालाई मध्यनजर गरेर मुद्दाको सुनुवाई भिडियो कल मार्फत गरिएको सिंगापुरको सर्वोच्च अदालतका प्रवक्ताले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ।
Facebook Comments


























