नवलपुर, जेष्ठ ७ । देवचुली नगरपालिका वडा नम्बर २ लाई आज सील गरिएको छ।
दश दिनअघि कोरोना संक्रमित महिला रुपन्देहींबाट आफ्नो माइती देवचुली दुम्कौलीमा आएका कारण सो क्षेत्रमा सील गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिएको छ।
उनी श्रीमान्सँग २९ गते मोटरसाइकलमा काठमाडौंं फर्केको बताइएको छ।
देवचुली–२ को चौधरी उद्योगदेखि पूर्व र रजहर मकुण्डे खोला पुलबाट पश्चिम तर्फबाट वडालाई सील गरिएको प्रशासन कार्यालयले जनाएको छ।
संक्रमित महिलाको माइती परिवारमा कोरोना परिक्षण गरिने तयारी भएको जनाइएको छ।
संक्रमित महिलाको काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हिजो स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो।
उनी काठमाडौंमै आइसोलेसनमा उपचाररत रहेको बताइएको छ। योसँगै देवचुली नगरपालिकामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ।
Facebook Comments


























