काठमाडौं, जेष्ठ ५ । हालसम्म ३५७ जनालाई कोरोना संक्रमण भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण देखिनेमा बाँकेका ४६ जना पुरुष तथा १ महिला रहेका छन् । सोमवार मात्रै विराटनगरका १ पुरुष, गुल्मीका ४१ वर्षीय पुरुष, धनुषा र रौतहटका १/१ पुरुष तथा दाङका १ पुरुष र धादिङ १ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज देखिएका कोरोना संक्रमितहरु १८ वर्ष देखि ४६ वर्ष समुहका रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमित ३ सय ५७ जना रहेका छन् । जसमध्ये २ सय ९८ पुरुष र ५९ जना महिला रहेका छन् ।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाको मृत्यु भएको छ।


























