काठमाडौं, जेष्ठ ५ । गृह मन्त्रालयले कोरोना भाइरस संक्रमण फैलन नदिन सतर्कताका नाममा अमानवीय क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
गृहमन्त्रालयले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसीमका दवाव दिने, आवागमनको क्रममा दूर्ब्यवहार गर्ने, कानून विपरित काम गरी मनोबल गिराउने लगायतका अमानवीय कार्य प्रति ध्यानाकर्षण भएको जनाएको छ।
एक प्रेस वक्तव्य जारी गर्दै गृहले टोल प्रवेशमा निशेष गर्ने, घर भाडामा बसेकालाई विनाकारण निकाल्ने लगायतका अमानवीय कार्यहरु प्रति ध्यानाकर्षण भएको र उक्त कार्य बन्द नगरे कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ।

Facebook Comments


























