जेष्ठ ४ । भारत लामो समयको लक डाउनका कारण समस्यामा पर्दै गएको छ। विशेषगरि, आर्थिक गतिविधी ठप्प जस्तै हुँदा अब अवस्था के हुने हो भन्ने अड्कल लगाउन कसैले सकेको छैन।
कोरोना र यसपछि सुरु भएको लक डाउनको असर बलिउड चलचित्र नगरीमा पनि नराम्रोसँग परेको छ।
बलिउड अब कसरी तङ्ग्रीन्छ भन्ने प्रश्नहरु उठ्न थालेका छन्। अब, कलाकारले आफ्नो पारिश्रमिकमा भारी कटौती गर्नुपर्ने तर्कहरु समेत हुन थालेको छ।
यो बिषयमा भारतीय मिडियासँग कुरा गर्दै नायिका तापसी पन्नुले यदि यस्तो अवस्था आयो भने आफू तयार रहेको बताएकी छिन्।
तापसी भन्छिन्–‘यदि परिस्थिती त्यस्तै आयो भने म पारिश्रमिक कटौती गर्न तयार छु।’
उनले अगाडि भनिन्–‘अहिले कुनै पनि सुटिङ भैरहेको छैन। यस्तो अवस्थामा पारिश्रमिक कटौतीको कुरा त पक्कै आउँछ। यस्तो अवस्था आएमा म यसका लागि तयार छु।’
Facebook Comments


























