जेष्ठ ४ । गर्मी भन्नसाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्न थाल्छ। यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन सक्छौं, आलस्यतालाई हटाउन सक्छौं। गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने, मौसम अनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहन सक्छौं।
गर्मीको खानपिन टिप्स
-गर्मीमा ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ। गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ। कारण यो मौसममा विशेषगरी टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्दछ। गर्मी मौसममा पचाउन सजिलो हुने खानेकुरा मात्र खानुपर्छ, गरिष्ठ भोजनबाट टाढा रहनुपर्छ।
-विहान उठेको एक–डेढ घन्टाभित्र केही न केही खानुपर्छ अथवा ग्रीन टि सेवन गर्नुपर्छ। लामो समयसम्म खाली पेट बस्नाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन पुग्दछ। थोरै्र–थोरै समयको अन्तरालमा खाने गरेमा ओवर इटिङबाट बच्न सकिन्छ। बिहानको सुरुवात मन तातो पानीमा कागतीको रस र महसित गर्नु राम्रो हुन्छ।
-गर्मीमा चिया–कफीको सेवन कम गर्नुपर्छ। यसबाहेक जुस, आइस, दही, लस्सी, सातुु, कागती–पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेस गर्नु फाइदाजनक हुन्छ।
-गर्मीको मौसममा घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ।
-बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुँदैन। त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ।
-मिठाईको बदलामा फलफूल खानु पर्छ।
-अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ।
-पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ। गाजर, टमाटर, पालक बाहेक पानीको मात्रा भएको लौका जस्ता सब्जी राम्रो हुन्छ। यी सब्जीहरुमा क्यालोरी समेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुने गर्छ।
गर्मीमा व्यायाम
-गर्मीमा हिट स्ट्रोक र डिहाइड्रेशनबाट जोगिनका लागि विहान सबेरै र साँझपख हिंडनु राम्रो हुन्छ। अहिले घर बाहिर हिँड्ने अनुकुलता नभएकाले घरभित्रै वा छतमा हिँड्न सकिन्छ।
-अनुलोम बिलोम, कपालभाती जस्ता प्राणायाम गरौं।
-केही क्षण ध्यानको अभ्यास गरौं।
-योग अभ्यास गरौं।
-केही क्षण विश्राम गरौं ।
अन्य उपायहरु
-गर्मीमा दैनिक रूपमा कम्तिमा दिनको तीन लिटर पानी पिउनुपर्छ। व्यायाम अथवा शारीरिक अभ्यासभन्दा पहिला र पछि पनि पानी अथवा तरल पदार्थ पिउनु पर्छ।
-खानामा सुप तथा फलफूलको मात्रा बढाउनुपर्छ। मसलदार खाना कम खानुपर्छ।
-एकसाथ तीन भन्दा बढी फलको मिक्स जुस पिउनु हुँदैन।
-डब्बामा बन्द भएको जुसबाट जोगिनुपर्छ। ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ।
–शारीरिक सरसफाईमा ध्यान दिनुपर्छ।
–बिहान चिसो पानीले नुहाउनु उपयुक्त हुन्छ।
–हल्का र खुकुलो पहिरन लगाउनुपर्छ।
–सेतो वा उज्यालो रंगको पहिरन उपयुक्त हुन्छ।
























