पर्सा, जेष्ठ २ । कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने अधिकार पाएका छन्।
पर्साको संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिने निर्णय गरेको पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्।
गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेपछि यस्तो निर्णय गर्नुपरेको उनले बताईन।
सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय भएको हो।
Facebook Comments


























