काठमाडौं, जेष्ठ १ । कोरोना भाइरसको जोखिम झन् बढ्दै गएपछि शेयर कारोबार पुनः बन्द हुने भएको छ। नेपाल धितोपत्र बोर्डले आज (बिहीबार) देखि नै शेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ। नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले यसको पुष्टी गरे।
सरकारले लकडाउन खुकुलो बनाएपछि बोर्ड गत मंगलबारदेखि शेयर कारोबार गर्न नेप्सेलाई निर्देशन दिएको थियो। नेप्सेले पनि सोहीअनुसार नै मंगलबारदेखि दिन २ घण्टा मात्र कोरोबार खुल्ला गरेको थियो।
तर, पछिल्लो समय काठमाडौंमै कोरोना संक्रमित देखिएको र समग्र मुलुकमा नै यसको सख्या बढ्दै गएको छ। यसरी जोखिम पनि बढ्दै गएपछि सरकारले लकडाउन कडा बनाइसकेको छ। यी यसता परिस्थीतिलाई दृष्टिगत गर्दै शेयर कारोबार बन्द गर्न लागिएको हो।
Facebook Comments


























