काठमाडौं, बैशाख ३१ । स्वास्थ्य मन्त्रालयले बुधबारदेखी मन्त्रालयमा पत्रकारलाई प्रवेशमा कडाई गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोरोना संक्रमण जोखिमका कारण पत्रकारलाई प्रवेशमा कडाई गरिएको बताए। ‘कुन कामका लागि कसलाई भेटनु पर्ने हो सबै खुलाएपछि मात्रै सम्बन्धित अधिकारीलाई भेटन पाइन्छ।’ उनले भने।
स्वास्थ्य मन्त्रालयका कमिजोरीबारे टिका टिप्पणी सुरु भएपछि पत्रकारलाई प्रवेशमा कडाई गरिएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए। मन्त्रालयको आन्तरिक मिटिङ बसेरै बुधवारदेखि पत्रकारलाई प्रवेशमा कडाई गर्ने निर्णय भएको छ।
Facebook Comments


























