काठमाडाैं, बैशाख २९ । नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको सूचनाअनुसार कपिलवस्तुमा आज एकै दिन १० जनामा नयाँ संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १२० पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० नं. वडाका १० जना पुरूषमा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका छन् भने एक जनाको उमेर खुलेको छैन। संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। नेपालमा देखिएका संक्रमितमध्ये हालसम्म जम्मा ३१ जना मात्रै निकाे भएर घर फर्किएका छन्।

Facebook Comments


























