बैशाख २८ । रक एन रोल संगीतको सुरुवात गर्ने गायक लिटल रिचार्डको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
लिटल रिचार्डको चर्चित गीत गूड गोली मिस मोली सन् १९५८ मा विभिन्न चार्टमा शीर्ष स्थानमा पुगेको थियो। उनका अरु चर्चित गीतहरुमा टुट्टी फ्रूट्टी र लङ्ग टल स्याली सहित रहेका छन्।
द बिटल्स, एल्टन जोन र एल्भिस प्रेस्लीले आफूहरुमा उनको प्रभाव परेको बताउने गरेका छन्। लिटल रिचार्डलाई सन् १९८६ मा रक एण्ड रोल हल अफ फेमबाट सम्मानित गरिएको थियो।
अमेरिकी गायक लिटलको हड्डीको क्यान्सरका कारण निधन भएको हो। उनको टेनिसीको टलाहोमामा रहेको घरमै निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनको जन्म सन् १९३२ मा भएको थियो।
Facebook Comments


























