काठमाडौं, बैशाख २८ । उदयपुरमा एकजना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
संक्रमित महिला उदयपुर भुल्के निवासी ४५ वर्षकी हुन्। उनको स्वाथ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित मानिसको संख्या ११० पुगेको छ। अहिलेसम्म ३१ निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी प्रभावित भएको उदयपुरमा अहिलेसम्म कुल संक्रमितको संख्या ३२ पुगेको छ।
Facebook Comments


























