चितवन, बैशाख २७ । प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गरेको छ। भरतपुर महानगरपालिका वडा नंं.५ क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्ने २४ घरपरिवारलाई वडा कार्यालयको समन्वयमा १० किलो चामल, १ किलो नुन, आधा लिटर खाने तेल र एउटा साबुनका दरले राहात वितरण गरिएको हो। भरतपुर ५ का अध्यक्ष पदमपाणी सुवेदी र संस्थाका अध्यक्ष मदनप्रसाद खरेलले संयुक्तरूपमा उक्त राहत वितरण गरेका हुन्।
विकासचोक टोलसुधार (समिति) संस्थाका पदाधिकारीहरुले सहजीकरण गरेका उक्त कार्यक्रममा सहकारी संस्थाको तर्फबाट भने सचिव ऋषिराम सापकोटा र कोषाध्यक्ष डिलाराम निउरेको उपस्थिति रहेको थियो।

Facebook Comments


























