चितवन, बैशाख २७ । चितवन साहित्य परिषदले शनिबार सामाजिक सञ्जाल जुममार्फत कवि गाेष्ठी सम्पन्न गरेकाे छ। ‘चिसाप जुम कवि गाेष्ठी’ नाम दिइएकाे कार्यक्रममा ३५ जना कविन तथा साहित्यकारहरुकाे उपस्थिति थियाे। तर, रचना भने २२ जनाले मात्र सुनाएका चितवन साहित्य परिषदका अध्यक्षा सुरेन्द्र अस्तफलले जानकारी दिए। लकडाउनकाे समयमा चितवन साहित्य परिषदले पहिलाेपटक जुम एपमार्फत साहित्यिक कार्यक्रम आयाेजना गरेकाे अध्यक्ष अस्तफलले जानकारी दिए।
चितवन साहित्य परिषदका अध्यक्ष अस्तफलले नै सहजीकरण गरेका उक्त कार्यक्रममा महेश पाैड्याल, गाेविन्दराज विनाेदी, भूपिन खड्का, एलबी क्षेत्री, निरज कँडेल, दीनेश शर्मा, मञ्जिला अनिल, शिव त्रिपाठी, बालकृष्ण थपलिया, धनराज गिरी, मीना रिमाल पाैडेल, काेइराला राधा, टीका आत्रेय, रामकृष्ण अनायास, जीविका अश्रु, जगन्नाथ पण्डित, डा कृष्णप्रसाद पाैडेल, रमेश रानाभाट, वनमाली निराकर, विन्दु पाैडेल, कुसुमाकर न्याैपाने, जीवा लामिछाने, महेन्द्र ढकाल, श्रीभक्तअच्युत वाग्ले, सुमित्रा न्याैपाने, शान्ति लामिछाने, सरला जाेशी, गणेश श्रमण, गणेश घिमिरे, भूपेन्द्र खड्कालगायतकाे उपस्थिति थियाे।


























