नुवाकोट, बैशाख २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई रु १ लाख घूससहित नियन्त्रणमा लिएको छ।
जयमंगलले सेवाग्राहीसँग रु ६ लाख घूस मागेको उजुरी परेपछि आयोगले अनुसन्धान शुरु भएको थियो। यस क्रममा रु १ लाख घूस लिएका उनी पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको आयोग स्रोतले जनाएको छ।
Facebook Comments


























