प्योङयाङ, बैशाख २७ । महामारीको रुप लिएको कोरोना भाइरस ‘कोभिड १९’ विरुद्ध उत्तर कोरियाले नयाँ योजना बनाउने भएको छ।
उत्तर कोरियाली संचारमाध्यम केसीएनएका अनुसार उत्तर कोरियाले कोरोनाविरुद्ध लड्न नयाँ रणनीति बनाइरहेको छ।
यस्तै उत्तर कोरियाको स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप निर्माण गरिरहेको पनि केसीएनएले उल्लेख गरेको छ।
कोरोनाविरुद्धको रणनीति अन्तर्गत उत्तर कोरियाले देश लकडाउन गर्ने, कोरोना परीक्षणलाई तिव्रता दिने योजना बनाएको छ।
उत्तर कोरियामा हालसम्म कुनै व्यक्तिमा पनि कोरोना पुष्टि नभएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। सीएनएन
Facebook Comments


























