काठमाडौं, बैशाख २७ । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको छ।
निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडेको विमानस्थलले जनाएको छ।
निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चाटर्ड गरेको वायु सेवा निगमका प्रवक्ता अर्चना खड्काले बताइन्।
चीनका विभिन्न गन्तव्यमा निगमको यो छैटौँ उडान हो। यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएको थियो।
चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चाटर्ड उडान गरेको थियो। लकडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ।
त्यस्तै पाँच चाटर्ड उडान गरेको छ। लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चाटर्ड उडान गर्यो भने जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चाटर्ड उडान गरेको थियो।


























