काठमाडौं, बैशाख २७ । लकडाउनका कारण बन्द भएको सेयर बजार आगामी मंगलबारदेखि खुल्ने भएको छ।
कोरोना भाइरसको जोखिम कायमै रहे पनि डेढ महिनाभन्दा बढी समय बजार बन्द हुँदा लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने भएकाले सतर्कतासहित बजार खोल्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
बोर्डका अनुसार नेपाल स्टक एक्चेन्ज (नेप्से) लाई आगामी मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा सेयर कारोबार खोल्न अनुमती दिइएको छ।
बोर्डले नेप्सेलाई कोरोनाको प्रभाव रहेसम्म २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ भने ब्रोकरले लगानीकर्तालाई भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यम प्रयोग गर्न निर्देशन दिएको छ।
Facebook Comments


























