काठमाडौं, बैशाख २६। लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संस्थाहरु शुक्रवारदेखि सबै शाखा संचालन भएका छन्।
सबै शाखा कार्यालय सञ्चालन भएपनि एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन्।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो संचालन गर्दै आएका थिए।
साथै सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्नेसमेत अधिकार रहेको छ।
Facebook Comments


























