बैशाख २५ । कोरोना भाईरसको महामारीको कारण स्थगित जिम्बावेको शीर्ष डिभिजनको लिग आगामी महिनाबाट सुचारु हुने भएको छ।
फुटबल एसोसियसन अफ जिम्बावेले स्वास्थ्य मन्त्रालयले लिग सुचारु गर्न अनुमति दिएको बताउँदै आगामी महिनाबाट सुचारु गरिने जनाएको छ।
‘हामी मैदानबाट च्याम्पियन भएको चाहन्छौँ,’ बीबीसीसँग जिम्बावे फुटबलका अध्यक्ष् एन्ड्रयु कामंगाले भने।
जिम्बावेको लिगमा अझै १० चरणको खेल बाँकी रहेको छ। अंक तालिकामा शीर्ष पाँच टिमबीचको दुरी १ अंकको मात्र रहेको छ।
कोरोनाको कारण लिग गत मार्च २० बाट स्थगित गरिएको थियो। एजेन्सी
Facebook Comments


























