बैशाख २४ । बलिउडकी चर्चित अभिनेत्री हुन् भूमि पेडनेकर। फिल्म ‘दम लगाके हैसा’ बाट बलिउडमा आफ्नो करियर शुरु गरेकी भूमि बलिउडकै चर्चित अभिनेत्रीमा गनिन्छन्। हरेक फिल्ममा सफलता प्राप्त गरेकी भूमीका हालसम्म कुनै फिल्म फ्लप भएका छैनन्।
उनका हरेक फिल्म हिट भएका छन्। सितारे, सांड की आँख, पति पत्नी और वो, बाला, तख्त जस्ता फिल्ममा काम गरिसकेका भुमीको अभिनय धेरैले रुचाउने गर्छन्। उनले पहिलो फिल्ममा नै बेस्ट डेभ्यु अभिनेत्रीको अवार्ड पनि जितेकी थिइन्। पछिल्लो समयको उनको फिल्म पति पत्नी और वो पनि दर्शकले निकै रुचाएका थिए।
Facebook Comments


























