काठमाडौं, बैशाख २४ । सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। पछिल्लोपटक थपिएको लकडाउनको अवधि बिहीबार सकिँदै थियो।
कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो। मुलुकभित्र कोरोना सङ्क्रमित फेला पर्ने क्रम नरोकिएकाले पुनः १० दिन लम्ब्याइएको हो।
सरकारले पहिलोपटक चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। त्यसपछि चैत १७ गते र २५ गते ८–८ दिन थप गरिएको थियो। वैशाख २ गते एकैपटक १२ दिन थप गरिएको थियो। चौंथो पटक १० दिन थप गरेको थियो।
Facebook Comments


























