बैशाख, २४ । कोरोना भाईरसको कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल सुचारुको मिति बुधबार तय हुने भएको छ। जर्मनीका चान्सलर एन्जेला मर्केलले बुधबार औपचारिक रुपमा फुटबल सुचारुको मिति घोषणा गर्ने बताईएको छ।
फुटबलसँगै अन्य महत्वपूर्ण विषयमा पनि मर्केलले घोषणा गर्ने स्काई स्पोर्ट्सले जनाएको छ।
कोरोनाले महामारीको रुप लिएपछि गत मार्चबाट जर्मनीको लिग स्थगित गरिएको थियो। महामारी कम हुँदै गएपछि लिग पुनस् सुचारु गर्ने तयारी गरिएको हो।
कोरोनाको कारण जर्मनीमा ६ हजार बढीको मृत्यु भईसकेको छ। कोरोनाकै कारण जर्मनीको छिमेकी देश नेदरल्यान्ड्स र फ्रान्सको शीर्ष डिभिजन लिग रद्द भईसकेको छ।
तर, बुन्डेस लिगा यसै महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ। लिग सुचारुको सम्भावित मिति मे १५ लाई हेरिएको छ।
पछिल्लो समय खेलाडीमा कोरोनाको संक्रमण देखिएसँगै लिग सुचारु भने थप संकटमा परेको छ। बुन्डेस लिगाका खेलाडी र अफिसियल गरि एक दर्जनमा कोरोना पुस्टि भई सकेको छ।
यस सिजन वायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ। वायर्नले ५५ अंक जोडेको छ। दोस्रो स्थानको बोरुसिया डर्टमण्ड ५१ अंकसहित दोस्रो स्थानमा रहेको छ। एजेन्सी


























