काठमाडौं, बैशाख २३ । सोमवारसम्म नेपालमा ६६ हजार ७७ जनाको कोरोना भाइरस परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पिसिआरबाट १३ हजार ८ सय ५० जनाको र आरडिटीबाट ५२ हजार २ सय २७ जनाको परीक्षण गरिएको हो।
हाल क्वारेन्टाइनमा २१ हजार ५ सय जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। त्यस्तै, आइसोलेसनमा १ सय २० जना रहेकाको देवकोटाले जानकारी दिए।
Facebook Comments


























