चितवन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवनले यस वर्षको ‘सूचना प्रविधि दिवस’ आदर्श गृहलाई खाद्यान्न सहयोग गरेर मनाएको छ। बागमती प्रदेश स्वास्थ्य, शिक्षा र कृषि समितिका सभापति घनश्याम दाहाल, क्यान महासंघका केन्द्रीय सदस्य भानु शर्मा, क्यानका प्रदेश समिति उपाध्यक्ष विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा आदर्श गृह नेपालकी अध्यक्ष मीना खरेललाई खाद्यसामग्री हस्तान्तरण गरिएको हो।
गृहमा आश्रित व्यक्तिहरुको खाद्यान्न अभाव हुन नदिन महासंघले दिवसको अवसर पारेर खाद्यसामग्री सहयोग गरिएको महासंघका अध्यक्ष सन्तोषजनक भुसालले जानकारी दिए। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमसमेत भएकोले विशेष दिन पारेर सहयोग गरिएको उनले बताए। सोही अवसरमा क्यान महासंघ चितवन शाखाले ‘किड्स दि इन्टरनेट एण्ड कोभिड–१९ हाउ टु किप आवर चिल्ड्रेन सेफ’ शीर्षकमा बालबालिकाको लागि कार्यक्रमसमेत गरेको थियो।



























