तनहुँ, बैशाख २१ । तनहुँको आँबुखैरेनी गाउँपालिका– १, सत्रसय भन्ने ठाउँमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा २ जना बालक घाईते भएका छन्।
स्थानीय बिनोद विकको भान्साकोठामा बिहान ७स्४० बजेको समयमा सिलिण्डर पड्किँदा उनका छोराहरू ११ वर्षीय विवेक विक र ७ वर्षीय सरगम विक घाईते भएका हुन्।
घाईतेमध्ये विवेक विकको शरीर र हातको केही भागमा जलेको छ। अर्का घाईते सरगम विकको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पतालमा उपचार भैरेहेको छ। सिलिण्डर ग्यास पड्किँदा घरको अधिकांश भागमा समेत क्षति पुगेको छ।
Facebook Comments


























