बैशाख २१ । इंग्ल्यान्डका पूर्व कप्तान सर बिल बिउमन्ट विश्व रग्बीको अध्यक्षमा पुनः निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा बिउमन्ट चार वर्षे नयाँ कार्यकालको लागि अध्यक्ष चुनिएका हुन्।
‘विश्व रग्बीको अन्तर्राष्ट्रिय फेडेरेसनको प्रमुखमा निर्वाचित हुँदा म सम्मानित भएको महसुस गरेको छु। विश्व रग्बी परिवारका सम्पूर्ण युनियन तथा सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष चुनिएपछि उनले भने।
६८ बर्षिय बिउमन्टले अर्जेन्टिनाका पूर्व कप्तान अगस्टिन पिचोटलाई हराए। कुल २८ मतले बिलमन्टले २३ मत ल्याएर निर्वाचित भएका हुन्।
यस्तै फ्रेन्च रग्बीका अध्यक्ष बर्नार्ड लापोर्टे उपाध्यक्षमा निर्वाचित भएका छन्। एजेन्सी
Facebook Comments


























