बैशाख २० । हंगेरीमा आयोजना हुने फर्मुला वानको प्रतियोगिता हंगेरियन ग्राण्ड प्रिक्स दर्शकबिना आयोजना गरिने भएको छ। कोरोना भाईरसको महामारीको कारण यस वर्षको प्रतियोगिता दर्शकबिना आयोजना गरिने भएको हो।
प्रतियोगिता अगष्टमा हुनेछ। अगष्टको २ मा आयोजनाको मिति तय भएपनि कोरोनाको कारण तालिका फेरवदल हुने बताईएको छ। हंगेरी सरकारले अगष्ट १५ सम्म ५०० भन्दा बढी भेला हुन् नपाउने नियम लागु गरेसँगै हंगेरियन ग्राण्ड प्रिक्स प्रभावित भएको हो।
आयोजकले एक विज्ञप्ति निकाल्दै प्रतियोगिता दर्शकबिना हुने जनाएको छ। तर, आयोजकले टेलिभिजनबाट लाखौ दर्शकले प्रतियोगिता हेर्न सक्ने जनाएको छ।
गत वर्ष हंगेरियन ग्राण्ड प्रिक्सको उपाधि लुइस ह्यामिल्टनले जितेका थिए। एजेन्सी
Facebook Comments


























