रुपन्देही, बैशाख २० । रुपन्देहीमा शुक्रबार विषालु च्याउ खाएका एकै परिवारका ७ जना बिरामी परेका छन्। उनीहरुको भैरहवामा रहेको भिम अस्पतालमा उपचार भइरहेको छ।
गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीय अनिशा हरिजन, १४ वर्षीय मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीय लक्ष्मी हरिजन, ३५ वर्षीय सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन जंगली च्याउ खाएर बिरामी परेका हुन्।
भैँसी चराउन जंगल गएका बेला च्याउ लिएर आएको उनीहरुले बेलुका पकाएर खाएपछि बिरामी परेका हुन्। पेट दुख्ने र बान्ता हुने समस्या भएपछि उनीहरुलाई राति नै ल्याएर भिम अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए।
Facebook Comments


























