काठमाडौं, बैशाख २० । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को हिङ्कु केभ क्षेत्रमा हिमपहिरोमा पुरिएका सात जनाकै शव सेनाले फेला पारेको छ।
शुक्रबार २ जनाको शव फेला परेसँगै तीन महिनाअघि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको हो। नेपाली सेनाले शुक्रबार एक जना नेपाली र एक जना कोरियन नागरिकको शव फेला पारेको जनाएको छ।
गत माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए। तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए।
Facebook Comments


























