बैशाख २० । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५५ जना पत्रकारको मृत्यु भएको छ।
महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित स्वास्थ्य सावधानिका पोषाक अभावमा कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको छ।
पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको थियो।
उनीहरुको उपचारकै क्रममा मृत्यु भएपछि पीईसीले सञ्चारकर्मीहरुलाई काममा लगाउँदा सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रबन्ध गर्न आह्वान समेत गरेको छ।
Facebook Comments


























