काठमाडौँ, बैशाख १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई घुससहित पक्राउ गरेको छ।
अख्तियारले अध्यक्ष धामीलाई ५० हजार घुससहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार धामीले सेवाग्राहीको घरायसी झगडासम्वन्धी उग्र बनाई ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरीको मिलेमतोमा दुःख हैरानी दिइ सेवाग्राहीसँग ५० हजार घुस लिएको अवस्थामा अख्तियारको कञ्चनपुरको टोलिले गौरीगंगा नगरपालिका वडा नं ८ बढैपुर बजारबाट विहिबार पक्राउ गरेको जनाएको छ।
Facebook Comments


























