नवलपुर, बैशाख १९ । पूर्वी नवलपरासीमा ७ बर्षीया बालिका नारायणी नदीमा पौडी खेल्ने क्रममा हराई वेपत्ता भएकी छिन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार साथीहरुसँग नारायणी नदीमा पौडी खेल्न गएकी गैडाकोट १० निवासी भविसरा अस्लामी मगरकी ७ बर्षीया जुना अस्लामी मगर नदीमा वेपत्ता भएकी हुन्।
उनी हिजो दिउँसो देखि वेपत्ता भएको र उनीको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ।
Facebook Comments


























