काठमाडौं, बैशाख १९ । हिउँमा हराइरहेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको छ।
उनी गएका वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जाने क्रममा हिउँमा परेर हराएका थिए। लामालाई अहिले हेलिकप्टरबाट उद्धार गरी काठमाडौंमा रहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदैछ।
लामा रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका थिए।
Facebook Comments


























