चितवन, बैशाख १९ । कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित भएका १० लाखभन्दा धेरै मानिस निको भएका छन्। शुक्रवार दिउँसो पौने १२ बजेसम्म विश्वभर कोरोना भाइरसका १० लाख ४२ हजार ९ सय ८१ संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ५५ हजार ७ सय ३७ जना संक्रमित निको भइसकेका छन्। त्यस्तै जर्मनीमा १ लाख २३ हजार ५ सय जना संक्रमित निको भइसकेका छन्।
स्पेनमा पनि १ लाख ३७ हजार ९ सय ८४ संक्रमित निको भइसकेका छन्। चीनमा अहिलेसम्म ७७ हजार ६ सय ४२ बिरामी निको भइसकेका छन् भने इटाली ७५ हजार ९ सय ४५ र इरानमा ७५ हजार १ सय ३ जना कोभिड(१९का बिरामी निको भइसकेका छन्।
विश्वभर कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३३ लाख ८ हजार ६ सय ४३ पुगेको छ भने २ लाख ३४ हजार १ सय २३ को मृत्यु भइसकेको छ।
चीनको वुहानमा निस्किएको कोरोना भाइरसको कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ। अमेरिकामा १० लाख ९५ हजार २ सय १० जना संक्रमित निको भइसकेका छन् भने ६३ हजार ८ सय ६१ जनाको मृत्यु भइसकेको छ।
स्पेनमा संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ पुगेको छ भने २४ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ।
यता नेपालमा भने १६ जना कोरोना संक्रमित निको भइसकेका छन्।


























