काठमाडौं, बैशाख १९ । काठमाडौंबाट उदयपुर गई क्वारेन्टाइनमा बसेका एक किशोरले आत्महत्या गरेका छन्।
उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबासस्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएका रौतामाई ७ गुराँसेका १८ वर्षीय सुमन विकले आत्महत्या गरेका हुन्।
गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काकाअनुसार विक प्रेम विवाह गरेर काठमाडौ पुगेका थिए। लकडाउनको समय गाउँ फर्किएपछि उनलाई वैशाख ११ गतेबाट क्वारेन्टाइनमा राखिएको थियो।
श्रीमती सुतिरहेको समयमा श्रीमतीकै सल पासो लगाएर उनले बिहीबार राति झ्यालमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनीसहित ८ जनालाई जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
अहिले पोष्टमार्टमको लागि उनको शव जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























