नवलपुर, बैशाख १९ । नवलपरासीको बर्दघाटबाट त्रिवेणी जादै गरेको कार दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ, २ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फोजदार यादवका अनुसार दुर्घटनामा बा १२ च २००९ नम्बरको कारका चालक बर्दघाट ४ शिव कोलोनी निवासी ४४ बर्षीय हरिकृष्ण भुर्तेलको मृत्यु भएको हो।
प्रहरीका अनुसार बर्दघाट नगरपालिका ४ निवासी रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ। कार तिव्रगतिमा रहेको र अनियन्त्रित हुदा बिजुलीको पोलमा ठोक्किएको प्रहरीको भनाई छ। मृतक दाउन्ने केवलका सञ्चालक एवम् सञ्चार उद्यमी हुन्।
Facebook Comments


























