काठमाडौं, बैशाख १८ । २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका दौरान पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम स्थगित भएका छन्।
यस वर्ष २५ वैशाख ९७ मे०का दिन वैशाख शूक्ल पूणिर्मा तथा बौद्ध जयन्ती मनाइदैछ। लुम्बनी विकास कोषले यस दिन नेपाल सरकार, कोष पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको छ। कोभिड १९ को संक्रमणका कारण अहिले मुलुक लकडाउनमा छ।
यस दिन नेपाल सरकारबाट कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशन अनुसार सामाजिक दूरी कायम गर्दै बौद्ध भिक्षुरभिक्षुणी तथा लामा गुरुरगुरुमाहरुबाट विश्व शान्तीको कामना गर्दै प्रार्थना र पूजा गरिनेछ।
भगवान गौतमबुद्धको २५६४ औं जन्मजयन्तीका अबसरमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ। कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आहृवान गरेको छ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो। यसका लागि मन्त्री योगेश भट्टराईको अध्यक्षमा आयोजक समिति र सचिवालयसमेत स्थापना गरी काम थालिएको थियो।
तर, कोभिड १९ का कारण उत्पन्न असहज परिस्थतिका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगित हुन पुगेको हो। बौद्ध सम्मेलनमा दर्जनौं मुलुकबाट पाहुनालाई आमन्त्रित गर्ने गरिन्छ।


























