बेलबारी, बैशाख १८ । मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
बेलबारी नगरपालिका ८ राधानगरस्थित सडकमा को २८ प ७४५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोकिएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय सौजन कार्कीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बेलबारी नगरपालिका ८ बस्ने २२ वर्षीय साने तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments

























