बैशाख १८ । इंग्ल्यान्ड फुटबल टिमका पूर्व डिफेन्डर ट्रेभोर चेरीको निधन भएको छ। लिड्सका लिजेण्ड पूर्व डिफेन्डर चेरीको ७२ वर्षमा निधन भएको हो।
इंग्ल्यान्ड फुटबल एसोसियसनले बिहिबार चेरीको निधन भएको पुस्टि गरेको छ। तर, उनको निधनको कारणबारे खुलाईएको छैन।हडर्सफिल्डमा लिड्स आएका उनले क्लबका लागि ४ सय ८६ खेल खेलेका थिए। उनले लिड्सबाट लिग च्याम्पियनसिप जितेका थिए।
इंग्ल्यान्डका लागि २७ खेल खेलेका चेरी सन् १९८० को युरोकपमा टिमका महत्वपूर्ण सदस्य थिए।
Facebook Comments


























