काठमाडौं, बैशाख १७ । कतारले सहयोग स्वरुप प्रदान गरेका अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्दै छन्। कतारले प्रदान गरेको स्वास्थ्य सामग्री लिएर कतार एयरवेजको विमान आइपुग्ने जनाइएको छ।
व्यक्तिगत सुरक्षात्मक सामग्री ९पिपिई०, पिसिआर परीक्षण किट, भिटिएम, एन ९५ मास्क, थर्मोमिटर, पोर्टेवल पिसिआर र पिसिआर रिएजेन्ट, मोनिटरसहितको पोर्टेवल भेन्टिलेटर, ल्याब तथा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स, एबिजी मेसिन, अक्सिजन प्लान्ट, सिआरआरटी मेसिन, सर्जिकल ग्लोभ्ससहित झण्डै १० टन स्वास्थ्य सामग्री लिएर विमान आउन लागेको हो।
यसअघि कतारका आमिर शेख तमिम बिन हमाद अल थानीले नेपाल, रुवाण्डा र ट्युनिसियालाई कोरोना भाइरसविरुद्धको युद्धका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तत्काल सहयोग स्वरुप पठाउनका लागि निर्देशन जारी गरेका थिए।
कतारले इरान, गाजा, इटालीसहितकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ।


























