बैशाख १७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको स्वास्थ्य विभागका प्रमुख मिचेल डिहुगले कोरोना भाईरसको कारण स्थगित सम्पूर्ण फुटबल लिग रद्द गर्नु पर्ने बताएका छन्।
कोरोनाको महामारीको कारण तत्काल लिग सुचारु गर्न कठिन रहेको बताउँदै मिचेलले लिग रद्द गरेर नयाँ सिजनको योजना बनाउनुपर्ने बताएका छन्।
‘मेरो प्रस्ताव यो छ कि अर्को हप्ताबाटको फुटबल प्रतिस्पर्धालाई बहिस्कार गर्नु पर्छ। नयाँ सिजन राम्रो गर्नका लागि तयारी गर्नुपर्छ,’ बीबीसीसँग मिचेलले भनेका छन्।
मिचेलले योजना र भाईरस निर्मुल नभएसम्म लिग सुचारु गरिए कोरोनाले दोस्रो पटक महामारीको रुप लिन सक्ने बताए। खेलाडीको स्वास्थ्य भन्दा फुटबल महत्वपूर्ण नभएको मिचेलको भनाई छ।
‘फुटबल जीवन भन्दा महत्वपूर्ण कुरा छैन,’ यदि सुरक्षित तरिकाले सुचारु हुन्छ भने हामी खुसी हुनेछौँ,’ टेलिग्राफसँग उनले भनेका छन्।
कोरोनाको कारण विश्वमा चलिरहेको घरेलु लिग स्थगित गरिएको छ। युरोपको फ्रेन्च लिग वान, डच लिग र बेल्जियमको लिग भने रद्द भईसकेको छ।
युरोपका ठुला लिगहरु भने मे महिनाबाट सुचारु गर्ने तयारी समेत गरिएको छ। एजेन्सी


























