काठमाडौं, बैशाख १७ । कोरोना महामारीका समयमा समाचार सङ्कलनमा खटिएका पत्रकारका लागि नेपाल औषधि उत्पादक सङ्घले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ।
सङ्घका अध्यक्ष नारायणबहादुर क्षेत्रीले स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यलाई सर्जिकल मास्क, पञ्जा र ह्याण्ड स्यानिटाइजर मङ्गलबार हस्तान्तरण गरेका हुन्।
सङ्घका अध्यक्ष क्षेत्रीले कोरोना महामारीविरुद्ध अगाडि खटिएर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको बताए। उनले नेपालमा नै कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री उत्पादन भएकाले सरकारले ती सामान खरिदमा प्राथमिकता दिनुपर्ने बताए।
मञ्चका अध्यक्ष आचार्यले उपलब्ध सामग्रीले पत्रकारको सुरक्षाका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरे। रासस
Facebook Comments


























