कास्की, बैशाख १६ । कास्कीमा अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका–३ गाउँशहर बस्ने १९ वर्षीय रोशन दुलाल छन्। रुपा गाउँपालिका–७ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित उनलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरीले लमजुङबाट पोखरातर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
Facebook Comments


























