काठमाडौं, बैशाख १६ । नेपालमा थप दुई जना कोरोना संक्रमित देखिएका छन्। रौतहटका दुई पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।
रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका ती व्यक्तिको स्वाब परीक्षण गर्दा भाइरसको संक्रमण देखिएको दुवै नगरका अध्यक्षले पुष्टि गरेका छन्।
उपचारका लागि दुवै संक्रमिलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्रप्रसाद पटेलले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ। तर तीमध्ये १६ जना निको भइसकेका छन्।
Facebook Comments


























