चितवन, बैशाख १६ । भरतपुर कोरोना अस्पतालमा भएको चोरी प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बन गरी कारवाही गर्न नेपाली काँग्रेस चितवनले माग गरेको छ।
काँग्रेसले मंगलबार प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै अस्पतालको स्वास्थ्य सामग्री चोरी गर्ने तीन जना व्यक्तिलाई निलम्बन गरेर कानुनी कारवाही गर्न माग गरेको हो।
सभापति जितनारायण श्रेष्ठले भ्रष्टचार जन्य क्रियाकलापमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी कारवाहीको लागि माग गरेकाछन्।
यसको सम्पूर्ण जिम्मेवार भरतपुर महानगरपालिका र अस्पताल व्यवस्थापन समिति हुनुपर्ने काँग्रेसले जनाएको छ। अस्पतालमा कार्यरत कर्मचारीहरुले रातीको समयमा सामान चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएको हो।
Facebook Comments


























