काठमाडौँ, बैशाख १५ । नेपालमा अहिलेसम्म पिसिआर र र्यापिड टेस्टबाट कुल ५३ हजार ५३४ जनाको नमुना परिक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १० हजार ४७१ तथा र्यापिड टेस्टबाट ४३ हजार ६३ जनाको नमुना परिक्षण भएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले अहिले देशभर क्वारेन्टाइनमा २० हजार १९५ जना रहेको जानकारी दिएका छन्।
त्यस्तै अहिले आइसोलेसन उपत्यकामा ८ जना र बाहिर ९८ गरि कुल १०६ जना रहेको उनले बताएका छन्। त्यस्तै अहिले देशभर पिसिआर प्रविधिबाट गरिने परिक्षण १६ स्थानबाट भइरहेको बताएका छन्।
अहिले थप संक्रमित नभेटिएको बताउदै प्रवक्ता देवकोटाले अहिलेसम्म ५२ जना संक्रमित रहेकोमा १६ जना अस्पतालबाट डिस्चार्ज भएको बताए।
अहिले कोशी अस्पताल, विराटनगरमा ३१ जना उपचाररत छन् भने नारायणी अस्पताल, वीरगन्जमा ३ जना, भरतपुर अस्पताल र धनगढीमा एक एक जना गरी कुल ३६ जना पचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।
उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।


























