बुटवल, बैशाख १५ । रुपन्देहीको मायादेबी गाउँपालिका(१ धमौलीका ४० वर्षीय राम नेवास लोधको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ५९ वर्षीय प्रमेश्वर धोबी र ३० वर्षीय राजमन लोध भन्ने केदार लोध रहेका छन्।
सामान्य विवादको क्रममा उनीहरुले लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राम नेवासको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले प्रमेश्वर र केदारलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comments


























