सिन्धुपाल्चोक, बैशाख १४ । जङ्गली जनावर मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दुई जनालाई पक्राउ गरेको छ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ लुङगुर्पाका वर्ष ३९ का हीराबहादुर गुरुङ र वर्ष ३४ का टपिन्द्रबहादुर गुरुङलाई पक्राउ गरिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।
प्रहरीले उनीहरुको साथबाट जंगली जनावरको मासु र दुई थान भरुवा बन्दूकसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बाह्रबीसेबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वमा टोलीले शुक्रबार पक्राउ गरेको हो।
उनीहरुका घरमा खानतलासी गर्दा मृग वा मृग जस्तै जंगली जनावरको मासु सुकाइ राखेको अवस्थामा फेला परेकोले पक्राउ गरी अनुसन्धान थालेको काफ्लेले जानकारी दिए।
Facebook Comments


























